विषयसूची

१. यौन (Sex) भनेको के हो ?

मानिसलाई महिला र पुरूष भनेर छुट्याउने जैविक (Biological) गुणहरूलाई यौन भनिन्छ । हामीले यौन भन्नेबित्तिकै यौनसम्पर्क, यौन क्रियाकलाप वा महिला र पुरूषबीच हुने संसर्ग भन्ने बुझिरहेका छौं । तर मानव जातिको यौन व्यवहार, यौन पहिचान, चाहना आदिले हामीले बुझ्दै गरेको “यौन” को अर्थमा विवाद सिर्जना भएको छ । त्यसैले, यौनिकता र यौन स्वास्थ्यका बारेमा कुराकानी गर्नुपर्दा यौनलाई लिङ्गको आधारमा हुने भिन्नता भन्ने नै बुझ्नुपर्छ । तर अरू प्रयोजनमा अङ्ग्रेजीको सेक्स शब्दलाई लिङ्ग (महिला, पुरूष र तेस्रो लिङ्गी) भनेर नै बुझिन्छ । तेस्रो लिङ्गी भन्नाले महिला वा पुरूषको जैविक गुणहरूभन्दा फरक व्यवहार गर्ने अर्थात् समाजले वुझेको लिङ्ग भन्दा फरक सोच वा व्यवहार गर्ने व्यक्तिहरूलाई बुझाउन खोजिएको हो ।

२. यौनिकता (Sexuality) भनेको के हो ?

यौनिकता भनेको मानिसको जीवनको अत्यन्तै महङ्खवपूर्ण पक्ष हो । यो जीवनको केन्द्रीय पक्ष हो । यौनिकताले जीवनका धेरै पक्षहरूलाई समेटेको हुन्छ । मुख्यतयाः लिङ्ग, लैङ्गिक पहिचान र भूमिका, यौन उत्तेजना, यौन आकर्षण, यौन आनन्द, यौन पहिचान र प्रजनन जस्ता विषयहरूको समष्टिगत रुप नै यौनिकता हो । महिला वा पुरूष भएको कारण उसले व्यक्तिगत रूपमा खेल्ने भूमिका, परिवार र समाजमा निर्वाह गर्ने भूमिका, व्यवहार र समाजले निर्धारण गरेको रीतिरिवाज संस्कार, चालचलन आदिले मानिसको यौनिकता निर्धारण गरेको हुन्छ । त्यसैले यौनिकता बहुआयामिक र समग्रतामा आधारित छ । यसलाई फराकिलो परिधि र सोचबाट हेरिनुपर्छ । मानिसको यौनिकता विभिन्न ढङ्गले प्रस्तुत हुने गर्छ वा अनुभव गरिन्छ । मानिसहरूको सोच भावना, इच्छा, विचार, धारणा, मान्यता, व्यवहार,जिम्मेवारी, सम्बन्ध आदि थुप्रै पक्षहरूमार्फत मानिसको यौनिकता प्रस्तुत वा अभिव्यक्त भएको हुन्छ । मानिसको यौनिकतालाई धेरै पक्षले प्रभाव पारिरहेको हुन्छ । विशेषतः शारीरिक, मानसिक, सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, नीतिगत, कानुनी, ऐतिहासिक र धार्मिक पक्षहरूले मानिसको यौनिकता निर्धारित भएको हुन्छ । उदाहरणका लागि हिन्दु समाजमा हुर्किएकी एक महिलाले उनका श्रीमान्लाई गर्ने व्यवहार, सार्वजनिक ठाउँमा हुने उपस्थिति, मुसलमान धर्म मान्ने महिलासँग पटक्कै मेल खाँदैन । तर दुवै धर्मावलम्वीहरूका सन्तान हुन्छन् । दुवैका श्रीमान् - श्रीमतीबीच यौन सम्बन्धहरू हुन्छन् तर धर्मकै कारण सम्बन्ध, रहनसहन चालचलन मात्रै होइन यौन सम्पर्कलाई हेर्ने दृष्टिकोण र मान्यतासमेत फरक हुन्छ । यी सवै कुरालाई यौनिकताले समेट्नुपर्छ । यौनिकता व्यक्ति, समुदाय, धर्म सामाजिक स्वरूप चेतनाको स्तर आदि सबैले फरक पार्छ ।

समग्रमा यौनिकता भन्नाले जीवनका सामान्य कामदेखि यौनसम्पर्कको व्यवहार समेतलाई समेट्छ । यस्तो बृहत् र विशिष्ट प्रकारको मानिसका गुणलाई सकारात्मक ढङ्गले बुझ्ने र व्यवहारमा प्रस्तुत गर्ने गरेमा यसले मानिसको समग्र जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ । सकारात्मक सोचको विकास गराउँछ ।

३. यौनिक विविधतालाई कसरी बुझ्ने ?

यौनिकताका अभिव्यक्तिहरू फरक फरक हुन्छन् । देशको सांस्कृतिक तथा धार्मिक मूल्य मान्यताहरूले यिनीहरूलाई फरक पार्छन् । नेपाल सांस्कृतिक विविधताको हिसाबले धेरै धनी देश हो । विविध सांस्कृतिक पक्षहरूको समष्टि रूप हो नेपाल । हरेक संस्कृतिमा यौनिकतालाई बुझ्ने फरक दृष्टिकोणहरू छन् । संस्कृति भनेको एउटा निश्चित स्थान वा अवस्थामा बसोबास गर्ने मानिसहरूको चालचलन, रीतिरिवाज, मूल्य मान्यता, विश्वास, परम्परा आदिको समग्र रूप हो । उदारणका लागि छाउपडी प्रथालाई लिन सकिन्छ । छाउपडी प्रथा विशेष गरी नेपालको पश्चिमी भूभागमा व्यापक रुपमा चलेको प्रथा हो । यो प्रथामा महिनावारी भएको बेला घरभित्र बस्न नपाउने र घरभन्दा बाहिर गोठ वा सानो छुट्टै घर बनाई राख्ने गरिन्छ । यो चलन महिला स्वास्थ्य र अधिकारका दृष्टिकोणले असाध्यै नराम्रो र अपमानयुक्त छ । तर त्यहाँको सांस्कृतिक र धार्मिक मान्यताका यस्तो प्रथालाई हटाउने प्रयत्न भइरहँदा पनि हटिसकेको छैन । अर्कातिर पहिलो महिनावारी हुँदा घरमा लोग्ने मानिसलाई हेर्न नहुने र अरूको घरमा लुकेर बस्ने चलन अहिले पनि विद्यमान छ । महिनावारी भएको बेला खानेकुरा छुन नहुने, मन्दिर जान नहुने जस्ता चलन केही समुदायमा छ भने अर्को समुदायमा महिनावारी बार्ने चलन नै छैन ।

समुदायमा विवाह पूर्वको यौन सम्पर्कलाई सामान्य रूपमा लिने गरिन्छ भने कतिपय समुदायमा यस्तो गर्नु गम्भीर गल्ती हुन्छ । विवाहको चलन पनि फरक छ । केही समुदायमा सानै उमेरमा अभिभावकहरूको सहमतिमा केटीलाई केटाको घरमा पठाइन्छ । उनीहरूसँगै बस्छन् । बच्चा बच्ची जन्मिन्छन् । त्यसपछि मात्र आमा बुबाको बिहे गर्ने अनि छोराछोरीको बिहे गरिदिने चलन समेत छ । पश्चिमा समाजमा त विवाह नगरी सँगै बस्ने छोरा छोरी जन्माउने चलन सामान्य छ । नेपालका सहरी इलाकाहरूमा पनि विवाह नगरी सँगै बस्ने चलन सुरू भइसकेको छ । यी उदारणहरूले यौन र यसरी यौन र यौनिकतासम्बन्धी विविधता, समुदायमा हुने लैङ्गिक जिम्मेवारी, सम्बन्धहरू, विवाहको चलन, मित्रता, परिवारको बनोट आदिको आधारमा प्रस्तुत हुन्छ । त्यसरी नै मानिसको यौन व्यवहार, वैवाहिक सम्बन्ध र यौन सम्बन्धहरूलाई हेर्ने दृष्टिकोण बनेको हुन्छ ।

४. विभिन्न किसिमका अपा·ता भएका व्यक्तिहरूको यौनिकता कस्तो हुन्छ ?

अपाङ्गताको अवस्था जस्तोसुकै भए पनि उनीहरूको यौन तथा प्रजनन अङ्गहरूको विकास सपाङ्गहरूको जस्तै हुन्छ । त्यसैले, उनीहरूमा पनि सापाङ्गहरूमा जस्तै यौन आकर्षण, यौन चाहना, यौन अनुभूति, र यौन सम्बन्धका आकाङ्क्षाहरू र सोचहरू विकास भैरहेका हुन्छन् । तर अपाङ्गताका कारण साङ्गहरूले जसरी अभिव्यक्त गर्न सकिरहेका हुँदैनन् । यौन कुण्ठा र यौन तृष्णा बीच हीनतावोध गरिरहेका हुन्छन् । केही विशेष शिक्षण विधि र सामग्रीहरूको प्रयोग गरी उनीहरूलाई पनि यौन र यौनिकतासम्बन्धी ज्ञान र सीप दिन सकिन्छ । अपाङ्गता भएका व्यक्तिहरूलाई साङ्गहरूले हेर्ने दृष्टिकोण पूर्वाग्रही हुने,उनीहरूको त यौनिकता नै नभएको जस्तो गर्ने सामाजिक दृष्टिकोण (संस्कार) छ । यो उनीहरूप्रति गरिएको गम्भीर अन्याय हो । अपाङ्गहरूलाई उनीहरूका यौनिक भावना अभिव्यक्त गर्न र आफूलाई बुझ्नसक्ने वातावरण सिर्जना गर्ने काम साङ्गहरूको हो । अपाङ्गता भएका व्यक्तिहरूमा यौन शोषण र अपराध बढी हुने मात्रै होइन उनीहरूमा सुरक्षित यौन व्यवहारसम्बन्धी आधारभूत जानकारी पनि नहुने हुँदा यौनजन्य संक्रमण र एचआईभी संक्रमण साङ्गहरू भन्दा बढी हुन्छ ।

५. बृहत् यौनिकता शिक्षा भनेको के हो ?

बृहत यौनिकता शिक्षा विद्यालय शिक्षाको महत्वपूर्ण पाटो हो । यौनिकताले हाम्रो जीवनको धेरै पक्षहरूलाई समेटेको हुन्छ । हामी किशोरकिशोरीको लैङ्गिक पहिचान र भूमिका कस्तो हुनु पर्छ भन्ने कुरा बृहत् यौनिकता शिक्षाले सिकाउँछ । महिला वा पुरुष दुवैको आफ्नो व्यक्तिगत जीवन, परिवार र समाजमा निर्वाह गर्नुपर्ने भूमिका हुन्छ । हामीले गर्ने व्यवहार र भूमिका हाम्रो रीतिरिवाज, संस्कार, चालचलन आदिले निर्धारण छु ? मेरो संस्कारमा रहेर मैले कस यौनिकता शिक्षाले समेट्छ । जस्तै एउटा किशोर भएर आफ्नो दिदी बहिनी वा केटी साथी महिनावारी हुँदा कसरी सहयोग गर्नुपर्छ ? आफूभन्दा ठुलालाई कसरी सम्मान गर्ने ? सानालाई कसरी माया गर्ने ? सबैलाई आदर गर्ने कुरा बृहत् यौनिकता शिक्षाले समेटेको छ । यतिमात्र नभएर हामी किशोरकिशोरीको आफ्नो यौन पहिचान कस्तो हुनुपर्छ ? किन यौन आकर्षण हुन्छ ? यौन उत्तेजना किन हुन्छ ? मानिसहरूले यौन आनन्द कसरी लिन्छन् ? यौन सम्पर्क कुन उमेरदेखि मात्र राख्नुपर्छ ? भविष्यको बारेमा नसोची सानै उमेरमा यौन सम्पर्क गर्दा कस्ता समस्याहरु आउन सक्छन् ? सुरक्षित यौन व्यवहार भनेको के हो ? आफ्नो यौन साथीसँग कस्तो व्यवहार गर्नुपर्छ ? यौन हिंसा भनेको के हो ? आफ्नो परिवारमा यौन हिंसा भयो भने कसलाई भन्ने ? यौन हिंसा लुकाउँदा कस्तो समस्या आइपर्न सक्छ ? जस्ता विषयहरुलाई बृहत यौनिकता शिक्षाले समेट्छ । आफूलाई यौन र प्रजनन् सम्बन्धी समस्या आउँदा कहाँ गएर स्वास्थ्य सेवा लिने ? आफ्नो यौन समस्या किन लुकाउनु हुँदैन, परिवारमा आफ्नो यौन समस्या कसलाई भन्ने जस्ता कुराहरु पनि बृहत यौनिकता शिक्षाले समेट्छ ।

हाम्रो सोच, भावना, इच्छा, विचार, धारणा, मान्यता, व्यवहार, जिम्मेवारी, सम्बन्ध, यौन स्वास्थ्य आदि कुराहरू जुन कुराले हाम्रो यौनिकता झल्काउँछ, यी सबै कुराहरू बृहत् यौनिकता शिक्षाले समेट्छ । जीवन उपयोगी सीप सिकाउनेदेखि लिएर यौन, यौनिकता र यौन सम्पर्कको बारेमा जानकारी दिने भएको हुनाले बृहत् यौनिकता शिक्षा हामी किशोरकिशोरीहरूका लागि निकै उपयोगी हुन्छ ।

६. म १८ वर्षको भएँ । मेरो लिङ बाङ्गो छ । के यसले मेरो यौन जीवनलाई प्रभाव पार्ला ? लिङ्गलाई सिधा बनाउन के गर्नुपर्ला ?

संसारमा जन्मिएका मानिसहरूमध्ये ९० प्रतिशत पुरूषको लिङ्ग बाङ्गो हुन्छ । १० प्रतिशतको मात्रै सोझो हुन्छ । यसको मतलब लिङ्गले शरीरसँगै बनाउने कोण भनेको होइन । लिङ्गले शरीरमा बनाउने कोण त बाङ्गो नै हुन्छ । लिङ्ग बाङ्गो भएर यौन जीवनमा केही फरक पर्दैन तर तपार्इं यौन र यौनिकतालाई कसरी हेर्नहुन्छ भन्ने कुरा महङ्खवपूर्ण हुन्छ ।

७. यौन चाहना किन हुन्छ ?

किशोरावस्थामा प्रवेश गर्नु भनेको नै यौन तथा प्रजनन अङ्गहरु सक्रिय हुने समय हो । यी अङ्गहरु सक्रिय भएपछि यिनले गर्ने प्रमुख कार्यहरु भनेको यौन सम्बन्ध कायम गर्ने र प्रजनन गर्ने हो । यौन चाहना नभई यौन सम्बन्ध कायम हुँदैन । यौन सम्पर्क गर्ने चाहना विकास गराउने हर्मोनहरु हाम्रो शरीरमा उत्पादन हुन्छन् । पुरुषहरुमा टेस्टेस्टोरोन र महिलाहरुमा एस्ट्रोजेन र प्रोजेस्टोरोन नामका हर्मोनहरूले नै यौन चाहनाका लागि मुख्य भूमिका खेल्छन् । मानव जीवनचक्रको एक मुख्य प्रक्रिया यौन सम्बन्ध भएकाले र यसको सुरूवात किशोरावस्थामा नै हुने भएकाले हामीलाई यससँग सम्बन्धित खुल्दुली हुनु स्वाभाविक नै हो । यौन चाहना नभई यौन जीवनका अरू पक्षहरु सुरु हुँदैनन् । मानिसहरू यौन चाहना पूर्ति गर्न यौन जोडी बनाउने वा यौन सम्बन्धी क्रियाकलापमा संलग्न हुन्छन् ।

यौन सम्पर्कको चाहना हुनु त स्वाभाविकै हो । यो सबै लिङ्गीमा उस्तै मात्रामा उत्पन्न हुन्छ । यौन सम्पर्कका लागि दुवैजना पूर्णरुपमा तयार भएको हुनुपर्दछ र उनीहरूबीचको सम्बन्ध सुरक्षित पनि हुनुपर्दछ । असुरक्षित यौनसम्पर्कले यौनसम्बन्धी रोगहरु लाग्ने, अनिच्छित गर्भ रहने जस्ता समस्याहरू आउँछन् भन्ने जानकारी पाउनु अत्यन्त्यै जरुरी हुन्छ ।

८. यौन उत्तेजना कसरी हुन्छ ?

उत्तेजना पहिले मनमा सुरु हुन्छ । कल्पना र दिवास्वप्नमा पनि मानिसहरू चरम आनन्द प्राप्त गर्दछन् । यौनसम्बन्धी किताब पढ्दा, अश्लील चित्र हेर्दा र अरुले परस्परमा प्रेम गरिरहेको हेर्दा पनि मानिसहरू उत्तेजित हुन्छन् । आफूले मन पराएको मान्छेलाई देख्दा, नाङ्गो तस्वीर देख्दा, लामो कपाल, पुठा अथवा स्तन हेरेर पनि शारीरिक रूपले उत्तेजित हुन सकिन्छ ।

९. लिङ्गमा उत्तेजना कसरी आउँछ ?

यौन सम्पर्कका लागि अनिवार्य सर्त भनेको नै पुरुषहरूको लिङ्ग उत्तेजित हुनु र स्खलन नहुन्जेलसम्म दह्रो रहिरहनु हो । लिङ्ग उत्तेजित हुने निश्चित प्रक्रिया छ । जब मानिसमा यौन चाहना आउँछ, त्यतिबेला स्नायु प्रणाली क्रियाशील भई लिङ्गको मांसपेशीलाई खुकुलो हुन निर्देशन गर्छ । सोही समयमा लिङ्गलाई रगत आपूर्ति गर्ने धमनीहरू दुई गुना ठुला हुन्छन् र लिङ्गमा सामान्यभन्दा सोह्र गुना बढी रगत आपूर्ति हुन्छ, साथै लिङ्गबाट अशुद्ध रगत लिएर जाने शिराहरू बन्द हुन्छन् । परिणामस्वरूप लिङ्गमा रहेको खाली ठाउँहरूमा रगत भरिन्छ र लिङ्ग दह्रो हुन्छ । यदि लिङ्गमा स्नायु मार्फत सन्देश पुर्याउने प्रक्रिया वा रगत सञ्चार गर्ने प्रक्रियामा खराबी आउनेबित्तिकै यौन दुर्बलता हुन्छ । यौन दुर्बलता भनेको पुरुषको लिङ्ग उत्तेजित नहुनु हो भने महिलाहरूमा योनी सुक्खा रहनु हो ।

१०. हामीले आफ्नो यौन भावनालाई लुकाउनुपर्छ या पर्दैन ?

किशोरावस्थामा विपरीत लिङ्गीप्रति आकर्षित हुने (वा कसैकसैलाई समलिङ्गी आकर्षण पनि हुन्छ ) तथा यौनसम्पर्क गर्ने चाहना हुने आदि हुन सक्छ । यस्तो हुनु स्वाभाविकै हो । किनकि मानिस जन्मजात नै यौनिक हुन्छ । तर हाम्रो समाज र संस्कृतिले गर्दा यसको प्रकट गर्ने तरिका फरक फरक हुन्छन् । यौन चाहनालाई प्रकट गर्नु, यौन सम्बन्धी कुरा गर्नु लाजको कुरा भनेर कुनै कुनै समाजमा व्याख्या गरेको पाइन्छ । यौन चाहनालाई पूरा गर्न यौनसम्पर्क नै गर्नुपर्छ भन्ने छैन । अरु कार्यहरु जस्तै हस्तमैथुन गरेर पनि यौन चाहनालाई पूरा गर्न सकिन्छ । के गरेर यौन चाहनालाई पूरा गर्न सकिन्छ भन्ने कुरा आफूलाई ज्ञान नहुन सक्छ । तसर्थ स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ । यौनसँग सम्बन्धित विविध भावनाहरूको समय, परिस्थिति र सामाजिक संस्कारसँग मेल खानेगरी अभिव्यक्त गर्नु पर्दछ । यसलाई लुकाउनु हुँदैन ।

११. हामी यौन भावनालाई कसरी नियन्त्रण गर्न सक्छौँ ?

यौन भावनालाई नियन्त्रण होइन व्यवस्थापन गर्ने हो । यसलाई व्यवस्थापन गर्ने थुप्रै तरिकाहरू हुन सक्छन् । यसका लागि किशोरकिशोरीहरुले विभिन्न उपायहरु अपनाउन सक्छन् । जस्तै सामाजिक क्रियाकलापहरुमा संलग्न हुने, खेलकुदमा सक्रिय हुने, बुबा आमाको काममा सघाउने आदि । यस्ता काम गर्नाले यौन भावनाहरुलाई व्यवस्थापन गर्न सजिलो हुन्छ । त्यसै गरी घरपरिवारका आफूभन्दा ठूला व्यक्तिहरुलाई नहिच्किचाईकन सोध्ने बानी गर्दा पनि गलत बाटोमा लाग्नबाट जोगिन सकिन्छ । त्यसै गरी यौन चाहना चरम रुपमा देखा प¥यो भने हस्तमैथुन गर्न पनि सकिन्छ ।

१२. हामी किन यौन सम्पर्क गर्छौ ?

यस्तो भावना सबैलाई हुन्छ । सामान्यतया यौन सम्पर्क नगरी सन्तान उत्पादन हुँदैन । सन्तान उत्पादन नभई वंशको निरन्तरता हुँदैन । त्यसैले वंशको निरन्तरताका लागि यौन सम्पर्क अनिवार्य हो । यस्तो चाहना गराउने गरी हाम्रो शरीरमा रासायनिक पदार्थहरुको उत्पादन हुन्छ र यो सबै प्राणीहरुमा पनि हुन्छ । यसमाथि मानव जातिले त यौन सम्पर्क गरेर आनन्द अनुभूति गर्न सक्छ । आनन्दकै कारण यौन चाहना हुन्छ । यौन आनन्द लिनका लागि यौन सम्पर्क गरिन्छ ।

१३. किन किशोर अवस्थामा केटा–केटीहरु बढी यौन सम्पर्कप्रति ध्यान केन्द्रित गर्दछन् ?

किशोर अवस्थामा प्रवेश गरेपछि मात्र यौनजन्य हर्मोनहरु उत्पादन हुने भएकाले एकअर्काप्रति आकर्षित हुने, यौनजन्य क्रियाकलापहरुमा संलग्न हुने कुरा सामान्य हुन् । यो किशोर अवस्थामा मात्र नभइ त्यसपछि पनि भईरहन्छ । तर साना बालबालिकामा यौनसम्बन्धी क्रियाकलाप वा आकर्षण गराउने हर्मोन नै उत्पादन नहुने हुँदा त्यत्तिबेला यस्तो क्रियाकलापहरु नहुने तर किशोर अवस्थामा प्रवेश भएपछि त्यस्तो स्वभाव विकास हुनेहुँदा केही अनौठो हुनु स्वाभाविक हो तर यसलाई सामान्य रुपमा लिनुपर्छ ।

१४. यौन सम्पर्क हुँदा शरीरमा के हुन्छ ?

यौनसम्पर्कको सामान्यतया चार चरणहरू हुन्छन्ः उत्तेजना (Excitement) , धारण (Plateau Phase), चरम आनन्द (Orgasm) र सम्पन्नता (Resolution) । जब मानिसमा यौन चाहना आउँछ, त्यतिबेला स्नायु प्रणाली क्रियाशील हुन्छ । उत्तेजना हुँदा शरीरले एड्रिनलिन (Adrenaline) नामक हर्मोन बाहिर निकाल्छ । यसले मांशपेशीहरूलाई तन्काउँछ, श्वासप्रश्वासको गतिलाई बढाउँछ, रक्तप्रवाह बढ्छ र मुटुको धड्कनलाई छिटो र जोडदार बनाउँछ । शरीरमा उत्तेजना बढेर एकदम गर्मी भए जस्तो लाग्छ । पुरुषको लिङ्ग फुलेर दरो हुन थाल्छ । अण्डकोषको छाला बाक्लो हुँदा सोहोरिएर शरीरमा टाँसिन्छ । महिलाको स्तन भरिएर मुन्टो कडा हुन्छ । रक्तप्रवाह बढ्नाले योनीबाट चिप्लो पदार्थ बग्न थाल्छ । योनीका बाहिरी भाग भित्र पस्छन् र भित्री भाग फुलेर फैलिन जान्छ । उत्तेजित भएको बेलामा भगाङ्कयर (Clitoris) को लम्बाइ र त्यसको आकार बढ्छ । लिङ्ग अटाउने गरी योनीको आकारमा वृद्धि हुन्छ । यो उत्तेजनाको चरण हो । त्यसपछि रक्तप्रवाह बढ्नाले लिङ्गको आकार बढ्छ र यसको रब पनि गाढा बैजनी हुन्छ । योनीको भित्री भाग र स्तन दुवै फुल्दै जान्छन् । लिङ्गको घर्षणले गर्दा योनीमा दबाब बढ्छ र उत्तेजना प्रभावकारी हुन्छ । आँखाका नानीहरू फैलन थाल्छन्, श्वासप्रश्वासको गति बढ्नुको साथै नाकका पोरा फुलेर घाँटीको नसा स्पष्ट देखिन थाल्छ । यो धारणको चरण हो । धारणपछि चरम आनन्द प्राप्त हुन्छ । यतिखेर अँगालो हाल्ने वा शरीरमा सुमसुम्याउने क्रियाकलाप एकदम बढेको हुन्छ र त्यसको लक्ष्य चाहिँ यौनसम्पर्कलाई तीव्र बनाउनु हो । मांशपेशीहरू कस्सिएका हुन्छन् र उत्तेजना जननेन्द्रियतर्फ केन्द्रित हुन्छ । बिस्तारै यो उत्तेजना सारा शरीरमा फैलिन थाल्दछ । चरम आनन्द हुँदाखेरि मांशपेशीहरू स्वयं खुम्चिन्छन् । चरम आनन्दको अन्तिम अवस्थामा पुरुषको वीर्य स्खलन हुन्छ । पुरुषको वीर्य स्खलन हुनुभन्दा पहिले नै स्त्रीलाई चरम आनन्द प्राप्त भएन भने सम्पूर्ण यौनसम्पर्क क्रिया नै अपूर्ण हुन्छ । त्यसैले पुरुषले यौनसम्पर्क गर्दा स्त्रीलाई चरम आनन्द भइसकेको छ–छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । चरम आनन्दपश्चात् स्त्री–पुरुष दुवैलाई थाकेको अनुभूति हुन्छ । खडा भएको लिङ्ग बिस्तारै बिस्तारै शिथिल हुँदै गएर पहिलेकै अवस्थामा आउँछ । पिसाब गर्न मन लाग्छ । स्त्रीको योनी पनि बिस्तारै बिस्तारै आफ्नो पहिलेकै स्थितिमा आउँछ । भगाङ्कुर २० सेकेन्डमा र योनीको अन्य भाग २० मिनेटमा आफ्नो सामान्य अवस्थामा आउँछन् जुन सम्पन्नता (Resolution) को चरण हो ।

१५. यौन चाहना र असुरक्षित यौन सम्पर्क सम्बन्धी चित्र कथा

कथा पुस्तकको लागि माथिको चित्रमा क्लिक गर्नुहोस्

१६. यौन सम्पर्कको फाइदा के के हुन् ? हाम्रो स्वास्थ्यका लागि यौन सम्पर्क आवश्यक हो ?

यौन सम्पर्कबाट आनन्द प्राप्ति हुने मात्र होइन अन्य धेरै फाइदाहरू पनि छन् । यौन सम्पर्कका केही फाइदाहरू यस प्रकार छन्ः हप्तामा कमसेकम एक–दुईपटक यौन सम्पर्क राख्ने व्यक्तिमा शरीरको प्रतिरक्षी तत्व इम्युनोग्लोबुलिन (Immunoglobulin lga) को मात्रा बढाइ रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यौन सम्पर्क गर्दा शारीरिक तथा मानसिक कार्य हुने हुँदा यसले शरीरको तौल कम गर्न पनि मद्दत गर्दछ । ३० मिनेटको यौनव्रिmयाले ८५ क्यालोरी वा सोभन्दा बढी क्यालोरी जलाउँछ । तुलनात्मक रूपले धेरै यौन सम्पर्क गर्ने मानिसमा अरु मानिसमा भन्दा हृदयघातको सम्भावना कम देखिन्छ । यौन सम्पर्कले चरम आनन्द दिई तनाव कम गर्दछ र शारीरिक व्यायामको काम गरी रक्तचाप घटाउँछ । कतिपय मानिसमा यौन सम्पर्कले आत्मसम्मान पनि बढाउँछ, यौन सम्पर्कले अक्सिटोसिन नामक हर्मोनको मात्रा बढाउँछ । यस हर्मोनले आत्मीय सम्बन्ध सुमधुर बनाउनका साथै एकआपसमा विश्वास बढाउँछ, अक्सिटोसिन हर्मोनको प्रभावले टाउको दुखाइ, हाडजोर्नीको दुखाइ, महिनावारीसँग सम्बन्धित समस्याहरू पनि कम गर्दछ । अध्ययनले प्रोस्टेट ग्रन्थिको क्यान्सर र वीर्य स्खलनको सम्बन्ध देखाएको छ । धेरै पटकको वीर्य स्खलनले पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थिको क्यान्सर हुने सम्भावना कम गर्छ । यौन सम्पर्कले महिलाको पेल्भिक (Pelvic) मांशपेशीहरूलाई पनि बलियो बनाउँदछ । यौन सम्पर्कले मानिसमा राम्रो निद्रा जगाउँछ जसले गर्दा शरीर स्वस्थ र स्फूर्त हुन्छ ।

यौन सम्पर्कका फाइदाहरू:


  • तनावमुक्त गराउँछ ।

  • रक्तचाप घटाउँछ ।

  • शरीरको प्रतिरक्षा गर्ने शक्ति बढाउँछ ।

  • शारीरिक अभ्यास हुन्छ ।

  • मोटोपन घट्छ ।

  • मुटुको स्वास्थ्य राम्रो हुन्छ ।

  • आत्म विश्वास बढ्छ ।

  • शरीरलाई तन्दुरुस्त राख्छ ।

  • आत्मीयता बढाउँछ ।

  • दुखाइलाई कम गर्छ ।

  • पुरुषमा प्रोस्टेटको क्यान्सर घटाउँछ ।

  • महिलाको पेल्भिक मांशपेशीलाई बलियो बनाउँछ ।

  • मिठो निद्रा लाग्छ ।

१७. कुन उमेरमा यौनसम्पर्क गर्न उपयुक्त होला ?

यौन सम्पर्क भनेको केटा-केटी दुवै शारीरिक र मानसिक रुपले विकसित र तयार भएपछि मात्र गरिनु पर्ने क्रियाकलाप हो । नेपालको कानुनले १८ वर्ष भन्दाकम उमेरमा शारीरिक सम्पर्क राख्नुलाई गैरकानूनी ठहराएको छ । सानो उमेरमा नै यौनसम्बन्ध राख्दा धेरै किसिमका समस्याहरू आउन सक्छन् । अर्को कुरा सानो उमेरमा गर्भवती भयो भने पनि फेरि धेरै किसिमका शारीरिक, मानसिक तथा सामाजिक समस्याहरु आउन सक्छन् । सानो उमेरमा यौनसम्पर्क सुरु गर्ने मानिसहरुको जीवनमा धेरै यौनसाथी हुने सम्भावना पनि बढी भएकाले विभिन्न रोगहरुको संक्रमण हुने सम्भावना पनि धेरै हुन्छ ।

१८. के किशोरकिशोरी अवस्थामा यौनसम्पर्क गर्नु जरुरी छ ?

किशोरावस्थामा यौनसम्पर्क नगर्दा नै राम्रो हुन्छ किनभने यो अवस्थामा शरीरमा प्रजनन तथा यौनाङ्गको विकास हुने क्रम जारी रहने हुँदा यस्तो समयमा यौनसम्पर्क गर्नाले विभिन्न समस्याहरु जस्तै यौनाङ्गमा घाउ हुने, संक्मण हुने सम्भावना धेरै हुन्छ । त्यस्तै किशोरावस्थामा केटा- केटीहरुमा यौन उत्तेजनालाई नियन्त्रण गर्न नसक्ने हुँदा असुरक्षित यौनसम्पर्क गर्ने गर्दछन् जसले गर्दा अनिच्छित गर्भधारण ( Unwanted Pregnancy ) र यौन रोगहरु हुने सम्भावना धेरै हुन्छ । यस्तो कलिलो उमेरमा गर्भधारण गर्नाले स्वास्थ्यमा नराम्रो असर पर्न सक्दछ । फेरि यो समय भनेको त पढ्ने, नयाँ कुरा सिक्ने र भविष्य निर्धारण गर्ने समय हो, त्यसैले यस्ता यौनसम्बन्धी कुरामा ध्यान केन्द्रित गरी समय बर्बाद नगरी आफ्नो लक्ष्यतिर वा उज्ज्वल भविष्य निर्माणतिर लाग्नुपर्छ । त्यसैले सकेसम्म यौन सम्पर्क नगरेकै राम्रो हो तर गर्ने पर्ने अवस्था सृजना भएमा सुरक्षित यौन सम्पर्क तथा यौन व्यवहार अपनाउनु पर्दछ ।

१९. किन किशोरकिशोरीहरुले यौनसम्बन्धी फैसला छिटो गर्ने गर्दछन् ?

किशोरावस्था भन्नाले मानव विकासको त्यो अवस्था हो, जहाँ शारीरिक रुपमा सबै अङ्गहरु विकसित भइरहेका हुन्छन् । त्यसैगरी उनीहरुलाई अब आफूले गर्ने व्यवहार र सोचाइ आफ्नो जीवनका सम्बन्धमा गरिने निर्णयहरुमा उपयोग हुनुपर्दछ भन्ने लाग्दछ । त्यसैले किशोरकिशोरीहरु आफ्नो बारेमा आफैँ निर्णय गर्न सक्छु भन्ने ठानेर कतिपय निर्णय गर्दछन् । कतिपय निर्णय उपयोगी निस्कन्छन् भने कतिपय अनुपयोगी हुन्छन् । सम्भावित अनुपयुक्त निर्णयहरुमा यौनसम्बन्धी निर्णयहरु पनि पर्दछन् । हुन त किशोर - किशोरीहरु हरेक विषयमा छिटो छिटो निर्णय गर्ने गर्दछन् । यसैमध्ये क्षणिक आनन्दको चाहनालाई प्राप्त गर्ने इच्छाले गर्ने यौन विषयको निर्णय पनि एक हो । यसरी राम्ररी विचार नगरी गरिने निर्णयको परिणाम नराम्रो पनि हुन सक्छ जस्तैः पढाइ पूरा गर्न नपाउने, सानै उमेरमा बुबा आमा बन्नुपर्ने आदि । यसले गर्दा जीवनभर पछुतो पर्न पनि सक्छ ।

२०. यौनसम्पर्क गर्दा के–के कुराहरुमा ध्यान दिनुपर्दछ ?

स्वस्थ यौन जीवनका लागि अत्यावश्यक तङ्खवहरु पाँच प्रकार छन्ः सूचना, धारणा, सुरक्षा, चाहना, सन्तुष्टि ।

१. सूचनाः यौनका बारेमा सही सूचना पाउनु स्वस्थ जीवनका लागि अत्यावश्यक तत्व हो । किनभने बिना पूर्ण सूचनाको यौनले पूर्ण सन्तुष्टि र आनन्द दिन सक्दैन ।

२. धारणाः यौनसम्बन्धी अस्पष्ट धारणाले पनि स्वस्थ यौन जीवन प्रदान गर्न गाह्रो हुन्छ । जस्तैः यौन सम्पर्क भनेको सन्तान उत्पादनका लागि मात्र गरिन्छ, यौन भनेको पुरुष वा महिलामध्ये एकजनाको सन्तुष्टिका लागि मात्र हो, यौनसम्पर्क राति मात्र हुनुपर्छ भन्ने धारणाहरु पनि स्वस्थ यौन जीवनका बाधक हुन जान्छन् ।

३. सुरक्षाः यौन जीवनमा सुरक्षाको महत्वपूर्ण स्थान हुन्छ । यौन सम्पर्कमा नचाहेको गर्भधारण र यौन रोगबाट सुरक्षाको आवश्यकता पर्दछ । त्यस्तै यौनसम्पर्कमा आफ्नो साथीको भावनाको सुरक्षा यौनसाथीले गरेकै हुनु पर्दछ ।

४. चाहनाः एक अर्काको चाहना अनुरुप मात्र यौनसम्पर्क हुनु उत्तम हुन्छ।

५. सन्तुष्टिः शारीरिक चरम सुख (orgasm) मात्रलाई यौन सन्तुष्टि मान्न हुँदैन । एकअर्काले प्राप्त गरेको सामीप्यता र आफ्नोपन पनि सन्तुष्टि प्राप्त गर्ने माध्यम बन्नु पर्दछ ।

२१. यौनसम्पर्क गर्दा चुम्बन किन गरिन्छ र यौनसम्पर्कमा यसको भूमिका के हुन्छ ?

यौनसम्पर्कभन्दा पहिले वा यौनसम्पर्कको समयमा महिला वा पुरुषले आफ्नो ओठका माध्यमबाट आफ्नो साथीको शरीरको विभिन्न भाग छुनुलाई चुम्बन भनिन्छ । विशेष गरी चुम्बन प्रेम प्रदर्शनको माध्यम हो । यसले एक व्यक्ति अर्को व्यक्तिको नजिक हुन चाहेको जनाउ दिन्छ । यौनसम्पर्क दुई व्यक्तिको मन र विचार अनि चाहना मिलेपछि गरिने एउटा प्रेमपूर्ण व्यवहार हो । त्यसैकारण यस समयमा एकअर्काको उपस्थिति, सामीप्यता र उत्तेजनालाई जनाइरहनका लागि बारम्बार चुम्बन गर्ने गरिन्छ ।

२२. के केटा र केटी दुबैमा यौन इच्छा बराबर हुन्छ ?

अहिलेसम्मको खोजहरूले दिएको निष्कर्षमा के पाइएको छ भने महिला र पुरुष दुवैमा यौन चाहना समान हुन्छ तर हरेक व्यक्तिको गुण, शारीरिक र मानसिक अवस्था, वातावरण, हर्मोनहरूको उत्पादन र त्यसको प्रभाव आदि अनुसार यौन इच्छाको स्तर भने फरक फरक हुनसक्छ । यौन सम्पर्कको चाहना र अग्रसरताको बारेमा समाजमा विभिन्न खालका धारणा विद्यमान भएता पनि कहिले दुबै यौनजोडी उत्तिकै सक्रिय हुन्छन् भने कहिले केटा वा केटी अग्रसर भई यौन सम्पर्क गर्छन् तर आनन्दका लागि दुवैको सहमति र समान सहभागिता महङ्खवपूर्ण हुन्छ । त्यसैले समय, परिस्थिति र आफू बस्ने समाजको मूल्य, मान्यता र रहनसहन अनुसार केटा वा केटी दुवैमा यौन चाहना फरक–फरक हुन सक्दछ ।

२३. के यौन सम्पर्कलाई प्रमाणित गर्न सकिन्छ ?

यदि कुनै किशोरी वा महिला गर्भवती हुन्छिन् भने यो प्रमाणित गरिरहन पर्दैन कि उनले यौन सम्पर्क गरेकी छन् । यसभन्दा बाहेकका अन्य मामिलाहरूमा यौन सम्पर्क भएको केही घण्टाभित्र विभिन्न प्रयोगशालामा गई जाँच गरेमा महिलाको योनीभित्र रहेको अवशेष जस्तै पुरुषको वीर्यमा भएका शुक्रकीट आदि वा योनीमा भएको घर्षणका कारणले यौन सम्पर्क भए नभएको अनुमान गर्न सकिन्छ र यतिले मात्र नपुगी स्वयं महिलाले नै यौन सम्पर्क भएको भनी स्वीकार्नुपर्ने हुन्छ । यदि उक्त जाँच ढिला भएमा वीर्यमा भएका शुक्रकीटहरू निस्क्रिय भएपछि मर्ने र महिलामा रहेका प्रतिरक्षा प्रणालीका कोषहरूले तिनको सरसफाइ गर्ने भएकाले निश्चित समयपछि भने यौन सम्पर्क भएनभएको प्रमाणित गर्न सकिँदैन । यौन सम्पर्कका कारण योनी वा लिङ्गमा दीर्घरुपमा केही परिवर्तन नआउने भएकाले यौनाङ्गहरु हेरेर यौन सम्पर्क गरे नगरेको भन्न सकिँदैन ।

२४. गर्भवती भएको बेला यौन सम्पर्क राख्नुहुन्छ कि हुँदैन ?

गर्भावस्थामा वा गर्भवती भएको बेला महिलाको तल्लो पेट वा पाठेघरमा भार नपर्ने किसिमले सरल आसनमा यौन सम्पर्क गर्दा कुनै खरावी हुँदैन साथै यौन सम्पर्कका बेला स्खलित वीर्यले पनि गर्भमा कुनै हानि पुर्याउँदैन तर गर्भावस्थाको पहिलो तीन महिना र अन्तिम एक महिना यौन सम्पर्क नगर्नु नै राम्रो मानिन्छ । यौन सम्पर्क गर्ने नै हो भने पनि यौनजोडी दुवैको इच्छा र सहमतिमा हुनुपर्छ किनकि बलजफ्ती गरिने यौन सम्पर्कले गर्भवतीलाई र गर्भमा रहेको बच्चालाई समेत हानि पुर्याउँदछ ।

२५. किन केटीहरूले यौन सम्पर्कको प्रस्ताव राख्न सक्दैनन् ?

पहिलो कुरा त हाम्रो समाज पुरुषप्रधान समाज हो र यहाँ केटीको भन्दा केटाका निर्णयहरूलाई बढी मान्यता दिइन्छ । दोस्रो कुरा, किशोरावस्थामा किशोरीहरूको तुलनामा किशोरहरू यौनका बारेमा स्वतन्त्र भई छलफल गर्ने तथा सामाजिक बाधाअड्चनरहित भएकाले वा पुरुषत्वको भावनाको कारणले सम्बन्ध विस्तारतर्फ बढी ध्यान दिने भएकाले समाजमा केटी भन्दा केटाहरू नै यौनका मामिलामा अग्रसर हुन्छन् तथा चाँडो प्रेम - यौन प्रस्ताव राख्छन् । तर, यसको अर्थ यो हैन कि किशोरीहरूमा चाहना वा इच्छा नै हुँदैन । हाम्रो समाजमा केटीहरू आफ्नो चाहनालाई पूर्ण रूपमा बाहिर ल्याउन सक्दैनन् वा उनीहरू पारिवारिक र सामाजिक मर्यादा तथा अड्चनका कारण आफ्नो चाहनालाई दवाएर राख्छन् र प्रत्यक्ष रूपमा आफ्नो इच्छालाई अगाडि आउन दिंदैनन् । तर, सधैं र सबै केटीहरूको हकमा यो कुरा लागू नहुन पनि सक्छ । कहिलेकाहीँ स्थान अनुसार, विभिन्न समय, परिस्थिति, उमेर तथा समाजअनुसार केटीहरूले पनि यौनसम्पर्कको प्रस्ताव गरेको पाइन्छ ।

२६. के पुरूषहरू यौनसम्पर्कका लागि सधै तयार रहन्छन् ?

यौन सम्पर्कको चरणहरू हुन्छन् । वीर्य स्खलन भइसकेपछि यौनाङ्ग र शरीरलाई सामान्य अवस्थामा आउन नै करिब आधा घण्टा लाग्छ । त्यसपछि पनि यौन सम्पर्कका लागि आवश्यक संवेग र वातावरण नभई लिङ्ग उत्तेजित नै हुँदैन । यसर्थ यौन सम्पर्कका लागि सधैँ तयार हुने कुरा नै आउँदैन ।

२७. दुईपटक वीर्य स्खलन वा यौनसम्पर्कको बीचको अन्तर कति हुनुपर्दछ ? अत्यधिक यौनसम्पर्कले के असर गर्न सक्दछ ?

वज्ञैानिक अथार्त स्वास्थ्यको हिसाबले यति पटक गर्नु ठिक र यति पटक बेठिक भनी केही पनि किटान गरिएको छनै । त्यो त व्यक्तिको इच्छा र शक्तिमा निभर्र हुने कुरा हो । शरीरले सकजे ति यानै सम्पर्क गनार्ल मानिसलाई कुनै हानि गदर्नै । त्यसलै आफनो शरीरले थेग्न सक्नेसम्म गर्नु ठिक हो । विर्यस्खलन त कि यानै सम्पर्क गर्दा हुन्छ कि हस्तमथैनु गर्दा हुन्छ । यसको अन्तर प्राकृतिक रुपमै यानै सम्पर्क वा हस्तमैथनु जति अन्तरालमा गर्न सक्ने हो त्यही नै यसको पनि अन्तराल हो ।

२८. पहिलो पटकको यौनसम्पर्कमा महिलाहरुमा किन रगत बग्दछ ?

कुमारी केटीको योनीमा एक किसिमको पातलो छालाको झिल्ली हुने गर्दछ जसलाई अब्ग्रेजीमा हाइमेन (Hymen) भनिन्छ । जुन पहिलो यौनसम्पर्क गर्दा च्यातिन्छ र त्यसैले गर्दा रगत बग्ने गर्दछ । तर यो सबै कुमारी केटीमा हुनैपर्छ भन्ने छैन, कोहीकोही केटीहरुमा जन्मजात नै नहुनसक्छ । कोही केटीहरुमा काम गर्दा, खेलकुदमा भाग लिँदा, रुख चढ्दा, साइकल चलाउँदा पनि यो आफैँ च्यातिन सक्छ । त्यसका अलावा पहिलो सम्पर्कमा योनीमा चोटपटक लाग्न सक्छ । त्यसबाट पनि हल्का रगत आउन सक्छ ।

२९. यौनसम्पर्क गरेपछि यौन अङ्गहरु दुख्नुको कारण के हो ?

यौनसम्पर्क गरेपछि यौनाङ्ग दुख्नुको कारणहरु थुप्रै हुन सक्छन् । तीमध्ये प्रमुख कारण निम्नानुसार छन् :

  • कलिलो - सानो उमेरमा यौनसम्पर्क गर्नाले विशेष गरी ठुलो - उमेर पुगिसकेका मान्छेसँग गर्नाले ।

  • अप्ठ्यारो गरी वा अप्ठ्यारो आसन (Position) मा यौन सम्पर्क गरेमा ।

  • यौन अङ्गमा संक्रमण वा घाउ भएको खण्डमा ।

  • तल्लो पेटका अंगहरुमा केही समस्याहरु भएमा ।

  • यौनाङ्ग र त्यस वरिपरिका मांसपेशीहरु जोडले खुम्चने तन्कने हुँदा यौन अङ्गहरु दुख्नु सामान्य नै हो । हरेक पटकको यौन सम्पर्कमा दुख्ने भयो भने चिकित्सकको सल्लाह लिनुपर्छ ।

३०. कोही मानिसहरुमा यौन चाहना आउँदैन रे, के यो सत्य हो ?

यो सत्य हो तर सबैमा लागु हुँदैन । किशोरावस्थामा यस्तो नहुन सक्छ तर अहिले देखि ख्याल नगरे आफू वयस्क हुँदा यौन चाहना नै नहुने हुन सक्छ । धेरै प्रकारका शारीरिक र मानसिक कारणहरूले यस्तो भएको हुनसक्छ ।

  • तनावः तनावको कारण यौन इच्छा हराएर जान्छ । त्यसैले, आफूलाई तनावमुक्त राख्न तनाव व्यवस्थापन सम्बन्धी सीप सिक्नुपर्छ र तनाव भएको बेला मनोविमर्शकर्ताहरूलाई भेट्ने र सल्लाह लिने पनि गर्नुपर्छ ।

  • खराब सम्बन्धः सम्बन्ध र मेलमिलाप महङ्खवपूर्ण कुराहरू हुन् । असल सम्वन्ध हुदाँमात्र इच्छा शक्ति बढ्छ । चिसो सम्वन्धले विश्वासको सब्कट हुन्छ । झगडा निम्त्याउँछ, आत्मीयता घट्छ । फलस्वरुप यौन चाहना घट्छ ।

  • मदिराः मदिरा पिउँदैं हुनुहुन्छ भने ख्याल गर्नुस् । सुरू सुरूमा त यौनका बारेमा कुरा गर्न सक्ने बनाउला । आँटिलो पनि बनाउला तर मदिराले विस्तारै यौन इच्छा शक्ति घटाउँदैं लान्छ । लिङ्ग उत्तेजित हुन पनि छोड्छ । श्रीमतीसँग सब्का लाग्न थाल्छ र घरेलु हिंसा सुरू हुन्छ । त्यसबेलाको यौनजीवन अन्धकारपूर्ण हुन्छ । सम्झँदा पीडा लाग्ने हुन्छ । त्यसैले मदिराको सेवन गर्नेहरूले नियन्त्रण गर्नुपर्छ र सेवन नथालेकाहरूले सकेसम्म सेवन सुरू नगर्नु नै कल्याण हुन्छ ।

  • अनिद्राः कामको व्यस्तताले वा अन्य कारणले निद्रा राम्रोसँग पुगेको छैन भने यौनइच्छा शक्ति कम हुन्छ । त्यसैले सुत्ने समय व्यवस्थापन गर्ने र समयहुँदा पनि निद्रा नै नलाग्ने भएको छ भने त्यसको कारण पत्ता लगाउन चिकित्सकको सल्लाह लिने र त्यही अनुसार आफूलाई व्यवस्थित गर्नुपर्छ ।

  • बच्चाहरूको हेरचाहः सानो बच्चाको हेरचाह गरिराख्नुपर्ने हुँदा पनि यौनइच्छा शक्तिमा कमी आउन सक्छ । त्यसैले, बालबच्चाको हेरचाह र श्रीमान्–श्रीमतीबीचको सम्बन्धका लागि समय छुट्याउनुपर्छ । बच्चाहरू सुतेको बेलामा यौनसम्वन्ध राख्ने योजना बनाउनुपर्ने हुन्छ ।

  • औषधीः डिप्रेसनसम्बन्धी औषधीहरू, उच्च रक्तचापको लागि दिइने केही औषधीहरू, क्यान्सरमा दिइने औषधीहरू, एचआईभीलाई दिइने औषधीहरू लगायत औषधीहरूले मानिसको यौनइच्छा शक्तिलाई क्षति पु¥याउँछ । यस्तो भएको खण्डमा चिकित्सकहरूसँग सल्लाह गरी औषधी परिवर्तन वा अन्य सल्लाह गर्नुपर्ने हुन्छ ।

  • सुन्दरताः सुन्दरता यौनइच्छा शक्तिको महङ्खवपूर्ण पक्ष हो । सुन्दर देखिने र अनुभव गर्ने कुरा हुन् । आफूमा सु्न्दरता नभएको महसुस भयो वा आफ्नो यौन जोडी सु्न्दर देखिएन भने पनि यौनइच्छा शक्ति घट्छ । त्यसैले, सधैं सु्न्दर रहने चाहना, सोच र व्यवहार हुनुपर्छ ।

  • मोटोपनः मोटोपनले पनि यौन इच्छा शक्तिमा कमी आएको छ । खास कारण थाहा नभएपनि यौनसम्पर्क गर्न अप्ठ्यारो हुने, सु्न्दरता गुम्ने आदि कारणले यस्तो भएको हुनसक्छ । मोटोपन नियन्त्रण र रोकथाम गर्नुपर्छ ।

  • यौन दुर्बलताः यौन दुर्बलता वा लिङ्ग उत्तेजित नहुने समस्या भएका मानिसहरूलाई पनि इच्छाशक्ति घटेर जान्छ । यसो हुनुमा दुर्बलता नै कारण हुन सक्छ । दुर्बलताले यौनसम्पर्क गर्न सक्दि“न भन्ने चिन्ता जन्माउँछ, त्यही नै इच्छा शक्ति कम गराउने कारण बन्छ।

  • यौन हर्मोनः पुरुषहरुमा टेस्टेस्टेरोन र महिलाहरुमा इस्ट्रोजेन र प्रोजेस्टेरोन नामको हर्मोनले यौन इच्छाशक्ति कायम राख्ने वा बढाउने हो । यो हर्मोनमा कमी आयो भने पनि इच्छाशक्ति घट्छ । यो प्रायः उमेर बढ्दै जाँदा घट्दै जाने हो, कहिले काहीं अरू विरामी वा समस्याका कारण पनि यस्तो भएको हुनसक्छ । चिकित्सकको सल्लाह लिनु पर्दछ ।

  • महिनावारी सुक्नेः महिलाहरूमा महिनावारी सुकेपछि वा सु्क्ने समयतिर यौनइच्छा शक्ति घट्छ तर यस्तो सबैलाई हुँदैंन । दाम्पत्य जीवन वा यौन जोडीसँगको सम्बन्ध र परिवेशले पनि धेरै प्रभाव पार्छ । महिनावारी सुकेपछि हर्मोनमा आउने परिवर्तनले योनी सुक्खा हुने, यौनसम्पर्क गर्दा दुख्ने हुनसक्छ । फलस्वरुपः यौन सम्पर्क गर्ने इच्छा घट्ने हुन्छ ।

३१. यौनदुबर्लताका कारक तङ्खवहरू के के हुन सक्छन् ?

यौन दर्बलताको विषयमा अहिले नै जान्नुपर्छ र भन्ने प्रश्न पनि हुन सक्छ । तर यौन दुर्बलताका अधिकांश कारणहरू किशोरावस्थामा नै सुरु हुने भएकाले यसका बारेमा जान्नु वयस्क जीवनलाई सुन्दर बनाउनु उपयोगी हुन्छ । त्यसैले यौन दुर्बलताको बारेका यहाँ चर्चा गरिएको छ । लिङ्ग राम्रोसँग उत्तेजित नहुनु वा यौनसम्पर्क गरून्जेल उत्तेजित अवस्थामा रहन नसक्नु जसको कारण यौनसम्पर्क राम्रोसँग गर्न नसक्नु र यौन जोडीलाई यौन सन्तुष्टि प्राप्त नहुनुलाई सामान्यतया यौन दुर्बलता भनिन्छ । यौन दुर्बलताका धेरै कारणहरू छन् । त्यसैगरी महिलाहरुमा योनी सुक्खा रह्नु, यौन सम्पर्क गर्दा दुख्नु, यौनको इच्छा नै नहुनु वा धेरै सम्पर्क गर्दा चरम आनन्द प्राप्त नगर्नुलाई यौन दुर्बलता भनिन्छ । मनोवैज्ञानिक कारणहरूलाई हटाउन कारण पत्ता लगाई मनोविमर्श गर्ने हो । शरीरिक प्रक्रियामा आएको गडबडीले गर्ने यौनदुबर्लताका पनि थुप्रै कारक तङ्खवहरू छन् ।
तीमध्ये सुर्तीजन्य पदार्थ, अत्यधिक रूपमा मदिराको सेवन, मोटोपन रगतमा बोसो र चिनीको बढी मात्रा, उच्च रक्तचाप, पाको उमेर प्रमुख कारक तत्वहरू हुन् । पाको हुँदै गएको उमेरबाहेक अरू कारक तत्वहरू परिवर्तन गर्न सकिने खालका छन् । सुर्तीजन्य पदार्थ, मदिरा, उच्चरक्तचाप वा बोसो र चिनीको मात्रा बढ्दा शरीरमा आउने खराबीमध्ये रक्तनलीहरू साँगुरिने वा कडा हुने कुरा नै यौन दुर्बलतासँग बढी सम्बन्धित छन् । रक्तनलीहरू खासगरी मुटुबाट शुद्ध रगत शरीरभरी फैलाउने धमनीहरूमा उल्लिखित कारक तङ्खवहरूको कारण बोसो जमेर साँगुरो हुने वा नली कडा हुने हुँदा लिङ्गलाई रगत आपूर्ति गर्ने नलीमा पनि यस्तो अवस्था आँउछ ।
जसको कारण लिङ्ग उत्तेजित हुन आवश्यक रगत लिङ्गभित्र जान सक्दैन । फलतः लिङ्ग दह्रो हुँदैन वा दह्रो भइरहन सक्दैन । लिङ्ग उत्तेजित हुनु भनेको नै लिङ्गको मांसपेशीहरूमा सामान्य अवस्थाको भन्दा १६ गुणा बढी रगत सञ्चार हुनु हो । त्यसैले रक्तनली साँगुरो भएर मुटु वा मस्तिष्कमा रगत नपुग्दा त मान्छे मर्ने सम्भावना नै भइहाल्छ तर लिङ्गमा पनि यथेष्ट रक्तसञ्चार भएन भने यौनजीवन त लथालिङ्ग हुन सक्ने त भयो नि । त्यसैगरी महिलामा पनि योनी वरिपरि रक्त सञ्चार नहुने, चिप्लो पदार्थ नआउने र योनीद्वार नखुल्ने हुन्छ । जसको कारण योनी सुक्खा हुने , यौन सम्पर्क गर्दा दुख्ने र यौन क्रियाकलापमा सहभागी हुनै नसक्ने हुन्छ ।
त्यसैले नसर्ने रोगका कारक तङ्खवहरू नै यौन दुबर्लताका कारणहरू हुन् । ती कारक तङ्खवहरू हटाउन सकियो भने मुटुरोग, मधुमेह, क्यान्सर मात्र नलाग्ने होइन कि यौनजीवन पनि सुमधुर राख्न सकिन्छ । यौनजीवन सफल रहनु भनेको नै आनन्द प्राप्ति गर्नु हो ।

३२. मैले मेरो साथीलाई जनावरसँग यौनसम्पर्क गरेको प्रत्यक्ष रुपमा देखेको छु । मैले उसलाई यस्तो गर्नबाट कसरी रोक्न सक्छु ?

तपाईंले जुन साथीले जनावरसँग यौनसम्पर्क गरेको देखें भन्नु भयो - त्यसलाई पशुमैथुन भनिन्छ । मानवीय दृष्टिकोणले हेर्ने हो भने यौनसम्पर्क हुनका लागि आफू र यौनसाथीको स्वीकृति नै पहिलो प्राथमिकता हो । यहाँ जनावरको स्वीकृति मानवका लागि हुने कुरै भएन । त्यसै गरी प्रकृतिले हरेक जीवको आफ्नो - आफ्नो भाले - पोथीको सृष्टि गरिदिएको छ । उनीहरु आफ्नै वर्गका जीवसँग यौनसम्बन्ध राख्न सक्दछन् र त्यसैअनुसार आनन्द प्राप्त गर्ने वा सन्तान उत्पादन गर्न सक्षम छन् । त्यसमा मानिसले हस्तक्षेप गर्दा जीवसँग मात्र हैन प्रकृतिलाई समेत गरिएको अत्याचार भनेर बुझिन्छ । नेपालको कानुनमा जनावरसँग यौनसम्पर्क गर्नुलाई अपराध मानेको छ र त्यस्तो गर्ने व्यक्तिलाई दण्ड सजाय गर्ने व्यवस्था गरेको छ । यो स्वास्थ्यका लागि पनि राम्रो हुँदैन् । पशुसँग भएका रोगहरु मानिसलाई सर्न सक्छन् ।

३३. कुन उमेरसम्म कण्डम प्रयोग नगरीकन यौनसम्पर्क गरे पनि सुरक्षित हुन्छ ?

कण्डम प्रयोग नगरी जुनसुकै उमेरमा यौनसम्पर्क गर्दा पनि सुरक्षित हुँदैन किनभने विभिन्न रोगहरुको सब्व्रmमण हुने सम्भावना जहिले पनि हुन्छ र यसका साथसाथै गर्भ रहन सक्ने सम्भावना पनि हुन्छ ।

३४. सुरक्षित यौनसम्पर्कका लागि कण्डमबाहेक अरु कुन–कुन साधन प्रयोग गर्न सकिन्छ ?

सुरक्षित यौनसम्पर्कका लागि कण्डमबाहेक अरु थुप्रै साधनको प्रयोग गर्न सकिन्छ जस्तै पिल्स, डिपो, आईयुसिडि आदि । तर यी साधनले गर्भधारण रोक्ने मात्र गर्दछन् । यदि रोग सर्न वा संक्रमण हुनबाट पनि बच्ने हो भने त्यसको निमित्त कण्डम नै उपयुक्त हुन्छ । अनिच्छित गर्भ धारणबाट बच्नका लागि भने अरु परिवार नियोजनका साधनहरु प्रयोग गर्न सकिन्छ ।

३५. किन महिलाहरु आफ्नो शरीरका अङ्गहरु देखाउन र पुरुषहरुले हेर्न रुचाउँछन् ?

मानिस किशोरकिशोरी अवस्थामा आइपुग्दासम्म प्रजनन अङ्गहरू पूर्ण विकसित हुने क्रममा हुन्छन् । मानिस वर्गका प्राणीमा यौनलाई सहज रुपमा देखाउने र यौन चाहनालाई प्रकट गर्ने व्यवहार छैन । किनभने यो वर्गले यस्तो क्रियाकलाप कहाँ गर्ने, कहाँ नगर्ने भन्ने बारेमा विश्लेषण र नियम बनाएका हुन्छन् र अभिव्यक्त गर्छन् । त्यसैले उनीहरु आफ्नो यौनसँग सम्बन्धित भावनालाई विभिन्न रुपमा प्रत्यक्ष र परोक्ष रुपमा देखाइरहेका हुन्छन् । परोक्ष रुपमा आफूलाई विभिन्न आकर्षक श्रृब्गार गरेर र आधुनिक पोसाक - कपडाहरु लगाएर विपरीत लिङ्गीलाई आकर्षित गर्छन् । त्यसका लागि महिलाले पेट देख्ने गरी साडी लगाउने, खुलेको चोलो लगाउने, किशोरीहरुले छोटा फ्रक लगाउने, कसिएका लुगा लगाउने आदि पर्दछन् । सामाजिक रुपमा पुरुषलाई उनीहरुको यौन चाहनामा हस्तक्षेप गर्ने अधिकार त छैन तर पुरुषहरुले पनि हेरेरै सन्तुष्टि लिने गरेका हुन्छन् । अङ्गप्रदर्शन गरेर कोहीकोही महिलाहरु आनन्द लिन्छन् भने पुरुषहरु त्यसमा जाहेर भएको चाहनालाई नभई महिलाहरुको अङ्गहरु हेरेर उत्तेजित हुने र त्यसैमा एक किसिमको यौन आनन्द महसुस गर्ने गर्दछन् । यसो हुनु प्राकृतिक र सहज कुरा नै हो भनेर लिनु पर्छ ।

३६. यौन अभिमुखीकरण (Sexual Orientation) भनेको के हो ?

यौन अभिमुखीकरण भन्नाले हरेक व्यक्तिको अर्को भिन्न लिङ्ग भएको वा समान लिङ्ग भएको वा दुवै समान र भिन्न लिङ्ग भएको व्यक्तिसँग भावनात्मक, संवेगात्मक, यौन आकर्षण र आत्मीय तथा यौन सम्बन्ध राख्न सक्ने क्षमतालाई बुझ्नुपर्दछ । भिन्न लिङ्गीहरू एकअर्काप्रति आकर्षित हुनुलाई विपरीतलिङ्गी वा Heterosexual भनिन्छ । समान लिङ्गीहरू एकअर्काप्रति आकर्षित हुनुलाई समलिङ्गी वा Homosexual भनिन्छ । कुनै मानिस महिला र पुरुष दुवैप्रति आकर्षित हुनुलाई द्वयलिङ्गी वा Bisexual भनिन्छ । यस्तो व्यवहार जन्मजात नै विकसित भएको हुनसक्छ वा पछि त्यस्तै व्यक्तिसँगको संगतले पनि हुने गर्दछ । विज्ञानले मानिसमा देखिने यौनिकता तथा लैंङ्गिकता शारीरीक, मानसिक, जैविक, वातावरणीय अन्तव्रिर्mयाको परिणाम हो भने तापनि ठोस कारण भने देखाउन सकेको छैन । त्यसैले यसको विभिन्न कारणहरु हुन सक्दछन् र ती कारणहरू व्यक्तिअनुसार फरक फरक हुनसक्छन् ।

३७. LGBTIQA+ भनेको के हो ?

LGBTIQA+ भनेको समलिङ्गी “लेजबियन” (Lesbian) “गे” (Gay) द्वयलिङ्गी (Bisexual), ट्रान्सजेन्डर (Transgender), क्कियर (Queer), अन्तरलिङ्गी (Intersex), र अलैंगिक (Asexual) भनेर पहिचान गर्ने व्यक्तिहरुलाई सामूहिक रुपमा प्रतिनिधित्व गर्ने शब्द हो ।

जन्मँदा बालक वा बालिका जे सुकै भए पनि हुर्कँदा लैङ्गिक पहिचान (Gender Identity) लैङ्गिक प्रस्तुति (Gender Expression), व्यक्तित्व आदि समाजमा परम्परागतरुपमा महिला र पुरुषबाट अपेक्षा गरिएको भन्दा फरक हुन्छ, यस्ता व्यक्तिलाई LGBTIQA+ भनिन्छ । यो हाम्रो समाजमा पहिले नभई अहिले मात्रै जन्म लिएका भने पक्कै होइनन् । हाम्रो समाजको परम्परागत मूल्य, मान्यता, रुढिवादी सोचाइ र भेदभावपूर्ण व्यवहारको शिकार भइने डर, लाजले गर्दा तेस्रो लिङ्गीहरूले आफ्नो लैँङ्गिक पहिचान र यौनिक अभिमुखीकरण लुकाएर राख्नुपर्ने बाध्यता थियो । तर यस्तो हुनु भनेको उनीहरूको यौन तथा प्रजनन् अधिकार हनन हुनु हो । तेस्रो लिङ्गी पनि महिला र पुरुष जस्तै समाजका अभिन्न अङ्ग हुन् जसले देशको जनसब्ख्याको एउटा महङ्खवपूर्ण हिस्सा ओगटेको छ । समलिङ्गी तथा विपरीत लिङ्गीहरूको तुलनात्मक अध्ययनले देखाएअनुसार यसप्रकारको यौनिकता तथा लैङ्गिकताका कारण कुनैपनि प्रकारको कार्यसम्पादन तथा अन्य क्षमतामा फरक देखिएको छैन ।

३८. समलिङ्गी भन्नाले के बुझिन्छ ? के समलिङ्गीहरुको पनि यौनचाहना हुन्छ ? ' लेजबियन ' (Lesbian) र ' गे ' (Gay) भन्नाले के बुझिन्छ ?

समान लिङ्ग भएका व्यक्ति एक–अर्काप्रति यौनिक रुपमा आकर्षित हुने र यौनव्यवहार गर्ने गर्दछन् भने त्यस्ता व्यक्तिहरुलाई समलिङ्गी भनिन्छ । यदि सो यौनव्यवहार केटा–केटाबीचमा गरिन्छ भने तिनीहरूलाई ' गे ' (Gay) भन्ने गरिन्छ र यदि केटी–केटीबीच भएमा तिनीहरुलाई ' लेजबियन ' ( Lesbian ) भनिन्छ । यस्तो व्यवहार जन्मजात ( Biologically ) नै हुने गर्दछ भनिन्छ तर यकिन थाहा छैन् । समलिङ्गीहरुको पनि यौनचाहना हुन्छ तर उनीहरुको यौनचाहना - उत्तेजना आफ्नै लिङ्गको व्यक्तिसँग मात्र हुने गर्दछ र विपरीत लिङ्गी सँग हुँदैन ।

३९. यौनिक तथा लैङ्गिक अल्पसंख्यक (Sexual and Gender Minority) को हुन् ?

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूहलाई अंग्रेजीमा LGBTI भन्ने पनि गरिन्छ जसको अर्थ यस प्रकार छ :

  • Lesbian / Gay त्यस्तो व्यक्ति जो समान लिङ्ग भएका व्यक्ति एक अर्का प्रति यौनिक रूपमा आकर्षित हुने र एकअर्कामा यौनव्यवहार गर्दछन् भने त्यस्ता व्यक्तिलाई समलिङ्गी भनिन्छ । यदि उक्त यौनव्यवहार केटा र केटाको बीचमा हुन्छ भने तिनीहरूलाई पुरुष समलिङ्गी वा गे (Gay) भनिन्छ भने यदि केटी र केटी बीचमा उक्त यौन क्रियाकलाप भएमा तिनीहरूलाई महिला समलिङ्गी वा लेस्वियन (Lesbian) भनिन्छ ।

  • द्वयलिङ्गी (Bisexual) त्यस्तो व्यक्ति जो शारीरिक तथा भावनात्मक रुपले महिला र पुरुष दुवैसित आकर्षित हुन्छ र यौन व्यवहार गर्छ ।

  • परालैङ्गिक वा ट्रान्सजेन्डर (Trans-gender) भनेको प्राकृतिक लिङ्गभन्दा विपरीत किसिमको हाउभाउ वा वेषभूषा गर्ने जस्तै शारीरीक रूपले पुरुष भएर जन्मिने तर महिलाको जस्तो भूमिका वा व्यवहार देखाउने र महिला भएर जन्मिने तर पुरुषको जस्तो व्यवहार देखाउने मानिस नै परालैङ्गिक हो ।

  • परायौनिक वा ट्रान्सजेन्डर (Trans-gender) प्राकृतिक लिङ्गभन्दा विपरीत किसिमको हाउभाउ वा वेषभूषा गर्ने र त्यही किसिमको यौन अङ्ग पनि विभिन्न वैज्ञानिक प्रविधिद्वारा परिवर्तन गर्ने व्यक्ति हो ।

  • अन्तरलिङ्गी वा इन्टरसेक्सुवल (Inter-sexual) महिला र पुरुषको जैविक गुणहरू एउटै मानिसमा भएको वा ती गुणहरू छुट्याउन नसकिने अवस्था जस्तै लिङ्ग र योनी दुवै हुनु तर कुनै पनि पूर्ण रूपमा विकसित नहुनु हो ।

४०. लिङ्ग परिवर्तन भनेको के हो ? के यो नेपालमा गर्न सकिन्छ ? यदि सकिन्छ भने लिङ्गपरिवर्तन गर्दा के कुरालाई ध्यानमा लिनुपर्छ ?

लिङ्ग परिवर्तन भन्नाले पुरुषले आफ्नो लिङ्ग परिवर्तन गरेर महिला बन्ने र महिलाले आफ्नो लिङ्ग परिवर्तन गरी पुरुष बन्ने प्रक्रियालाई बुझिन्छ । यस्तो प्रक्रिया नेपालमा गर्न सम्भव छैन किनभने यसका लागि विभिन्न आधुनिक प्रविधिको आवश्यकता पर्ने गर्दछ जुन नेपालमा उपलब्ध छैन । लिङ्ग परिवर्तन साँचो अर्थमा गर्न सकिँदैन र कठिन छ । खाली बाहिरी अङ्गहरूको परिवर्तन मात्रै हुने हो । भित्री अङ्गको परिवर्तन गर्न नसकिने भएकाले यौन तथा प्रजनन क्रियामा केही फरक हुँदैन ।

४१. स्वस्थ यौन जीवनका लागि के–के कुराहरुको आवश्यकता पर्दछ ?

स्वस्थ यौन जीवनका लागि सर्वप्रथम त दुवैजनाको एक अर्काप्रति विश्वास, लगाव र सहमति आवश्यक पर्दछ । यदि दुवै जना भावनात्मक रुपमा तयार भएर यौनसम्पर्क गरेमा दुवै जनाले सन्तुष्टि प्राप्त गर्दछन् । जसले यौन जीवनलाई सुखद बनाउँदछ । यसबाहेक यौन रोग, एचआईभी संक्रमण तथा लिङ्ग तथा योनीको सरसफाइ तथा यौन - शिक्षा सम्बन्धी ज्ञान हुनु पर्दछ । यी कुराहरुले पनि यौन जीवनलाई स्वस्थ राख्न प्रभावकारी भूमिका खेल्दछन् ।

४२. किन किशोरकिशोरीहरूमा यौनसम्बन्धी ज्ञान हुनु जरुरी छ ?

किशोरकिशोरीहरुमा यौनसम्बन्धी ज्ञान हुनु जरुरी छ किनभने किशोरावस्थालाई निकै जोखिमपूर्ण अवस्था मानिन्छ । यो उमेरमा उनीहरु उत्सुक र चञ्चल स्वभावका हुन्छन् । यसका साथै साथीहरुले जे भने पनि नाई भन्न नसक्ने हुन्छन् । त्यसैले यौनसम्बन्धी राम्रो ज्ञान र चेतना भएमा उनीहरुले आफूलाई विभिन्न असुरक्षित यौन क्रियाकलाप र यसको असरहरुबाट जोगाउन सक्दछन् साथै अरुको यौन प्रस्तावलाई पनि नाई भन्न सक्छन् ।

४३. यौनका बारेमा खुलेर बोल्नु पर्छ या पर्दैन ? केटा र केटीमध्ये कसले खुलेर बोल्नुपर्दछ ?

यौन मानवीय संवदेना हो । तर एक व्यक्तिको मात्र चाहना वा इच्छाले पूर्ण हुन नसक्ने व्यवहार हो । त्यसैले महिला र पुरुष (केटा केटी) दुवैले यौनका बारेमा खुलेर कुरा गर्नुलाई पहिले–पहिले उचित मानिंदैनथ्यो । यसलाई अश्लील मानिन्थ्यो । तर अहिले आएर कमसेकम यसको बारेमा यौनसम्बन्धी जानकारी र यसको व्यवस्थापनका कुराहरु किशोरकिशोरीहरुले यौनसम्बन्धी जानकारी र यौन भावनाको व्यवस्थापनमा ध्यान दिँदा यसबाट हुने नकारात्मक परिणामबाट आफूलाई बचाउन सकिन्छ । यसमा केटा र केटी दुवैको समान सहभागिताको आवश्यकता छ । यदि एउटा लिङ्गीको मात्र सहभागिता भएको खण्डमा अर्को वर्गको संवेग र संवेदनशीलताको दोमन (domain) हुने सम्भावना हुन्छ । यस्तो हुनु भनेको वर्तमानमा त समस्या हो नै भविष्यका लागि पनि हानिकारक हुन्छ किनभने आउने पुस्ताले पनि सोही अनुसार आफूलाई प्रतिस्थापन गर्ने कोसिस गर्दछ र समाजमा विचलन आउँछ । त्यसैले यौनसम्बन्धी कुनै पनि क्रियाकलापमा केटा र केटीको समान सहभागिता रहेको हुनुपर्दछ र यसबाट उत्पन्न हुने सकारात्मक–नकारात्मक नतिजा पनि दुवैले स्वीकार गर्न सक्ने वातावरण बन्न सक्नु पर्दछ । यौनबारे बहस हुनु राम्रो कुरा हो र यो कुरा केटा र केटीहरुका साथसाथै पुरै समाजबाटै पहल हुन सके धेरै राम्रो हुन्छ ।

४४. हामी यौन तथा यौनसम्पर्कको बारेमा अरु व्यक्तिहरुका अगाडि कुरा गर्न किन लाज मान्दछौँ ?

मानिस सामाजिक प्राणी हो । समाजमा नबसी मानिस बाँच्न सक्दैन । मान्छे समाजको एउटा सदस्य हो । सदस्यबिना समाजको निर्माण पनि सम्भव छैन । त्यसैले व्यक्ति र समाजको सामन्जस्यबाट केही नियम–कानुन मूल्य - मान्यता आदिको निर्माण भएको छ । यही मूल्य मान्यताभित्र व्यक्तिले व्यवहार गर्नु पर्ने हुन्छ । समाजले यौन क्रियाकलापका लागि निश्चित व्यक्ति, ठाउँ र समय तोकिदिएको छ । विवाह - पछि विवाहित दम्पतिमा यौन सहज छ । तर विवाह पहिले प्रेमी -प्रेमिकासँग, आफन्तसँग र खुल्ला ठाउँमा यौन प्रदर्शन गर्नलाई हाम्रो समाजले त्यति राम्रो मान्दैन । यसो भएकै कारणले समाजमा अश्लीलता प्रदर्शन हुन पाउँदैन र असामाजिक क्रियाकलापहरु नियन्त्रित हुन्छन् भन्ने मान्यता राखिएको हुन्छ । त्यसैले हामी यौनका बारेमा सार्वजनिक छलफल गर्न लाज मान्छौं । समाजले गलत र खराब हो भनेर भनेको हुनाले पनि यस्तो भएको हो ।

४५. किन अभिभावकहरुले यौन स्वास्थ्यका बारेमा आफ्ना बच्चाहरुसँग खुलेर कुरा गर्दैनन् ?

सर्वप्रथम त यौन हाम्रो समाजमा खुल्ला बहसको विषय बनिसकेको छैन । यौन स्वास्थ्य सम्बन्धी कुरा गर्न यौनमै केन्द्रित हुनुपर्ने भएकाले अभिभावकहरु व्यवहारमा उतार्न सक्दैनन् । त्यसैले अभिभावकहरु यौन स्वास्थ्यका बारेमा सहज रुपले आफ्ना छोराछोरीहरुको अगाडि कुरा गर्दैनन् । यसका केही कारणहरु छन् ।

पहिलो कारणमा हाम्रो समाजमा यौन शिक्षा हालसम्म सहज र सर्वसुलभ छैन । यसकारण हाम्रा अभिभावकले पनि जानकारी पाएर मात्र प्रजनन व्यवहार गरेका हुन् भनेर भन्न सकिँदैन । जुन विषयमा आफूले राम्ररी ज्ञान प्राप्त गर्न पाएनन् त्यससम्बन्धी ज्ञान बाँड्न निकै गाह्रो हुन्छ ।

दोस्रो कारणमा यौन एक जीवजन्य संवेदना हो । संवेदनाको बारेमा व्यक्ति जे–जति उमेर समूहको हो, त्यही उमेर समूहसँग बढी सिक्न र बुझ्न सकिन्छ । आमाबाबु अथवा घरका अरु कोही पनि अभिभावकहरुसँग किशोरकिशोरीको २० - २५ वर्षभन्दा बढीको फरक छ भने पुस्तैनी भिन्नता उत्पन्न हुन्छ र एक - अर्कोसँग संवेदनशील विषयमा जानकारी लिन - दिन सहज वातावरण बन्न गाह्रो हुन्छ । तेस्रो कारण भने सामाजिक मूल्य र मान्यतासँग सम्बन्धित छ । हाम्रो समाज र विश्वका अरु धेरै समाजमा पनि एउटा धारणा छ कि विवाह गरेको व्यक्तिले आफ्नो जीवन साथीसँग स्वतःस्फूर्त रुपमा यौनव्यवहार गर्न जान्दछ र यसलाई अरुलाई सिकाउनु वा जानकारी दिनु भनेको उच्छृब्खलता प्रदर्शन गर्नु हो ।

यसै भावनाले गर्दा हाम्रा अभिभावकहरु पनि आफ्ना छोराछोरीहरुका अगाडि यौनका बारेमा कुरा गर्न चाहँदैनन् । अभिभावक तथा छोराछोरीहरुबीच औपचारिक नाता भएकाले यौनभन्दा बाहिरको विषयहरुमा अभिभावकहरु खुलेर कुरा गरे तापनि यौनसँग केन्द्रित विषयमा कुरा गर्न ' म यिनीहरुको अभिभावक हुँ, मैले मेरा बच्चाहरुसँग यस्तो कुराहरु गर्न हुँदैन ' भन्ने धारणाले पर्खालको काम गर्दछ भने कतिपय अवस्थामा बच्चाहरुसँग यौनसम्पर्क सम्बन्धी कुरा गरेमा बच्चाहरुमा जिज्ञासा उत्पन्न भई बिग्रन सक्दछन् भन्ने अभिभावकहरुको डरले पनि उनीहरुबीच कुराकानी हुन सक्दैन ।

यी सबै कारणहरु भए तापनि आधुनिक समाजमा आएको परिवर्तनशील व्यवहार र किशोर किशोरीको आवश्यकतालाई मध्यनजर गरी हालका विद्यालय स्तरका पाठ्यक्रममा समेत यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा जानकारीमूलक पाठहरुलाई समावेश गरिएको छ । यसैलाई नै यस विषयको विकासक्रम मान्नु पर्दछ र यौन स्वास्थ्यसम्बन्धी आधारका रुपमा ग्रहण गर्नु पनि सिक्ने र सिकाउने दुवै समूहका लागि अति आवश्यक छ ।

४६. किन केटाहरु यौनबारे बोल्न लाज मान्दैनन् जबकि आधुनिक पिँढीका केटीहरु बोल्न पनि हिच्किचाउँछन् ?

केटा र केटी दुवैलाई यौन भावनाले उत्प्रेरित गराउँछ । तर उनीहरु यसलाई प्रकट गर्ने दुई भिन्न तरिकाहरु अपनाउँछन् । पुरुष (केटा) हरु यसका बारेमा केटीहरुभन्दा अलि खुला रुपले बोल्न सक्दछन् भने केटीहरु अलि पछाडि नै हुन्छन् । यसो हुनुको कारण भने प्राणीजन्य नै हो भन्न सकिन्छ । कुनै पनि प्राणीमा यौन भावनाहरु समान भए पनि यसलाई उक्साउने भूमिका भने भाले जातिले नै खेलेका हुन्छन् । त्यसैले मयूर, परेवा, सुगा आदि चराहरुमा भालेहरु नै आकर्षक देखिन्छन् र उनीहरु यही आकर्षणलाई माध्यम बनाई आफ्ना पोथीहरुलाई यौनकार्यका लागि उक्साउने काम गर्दछन् । यही प्रवृत्ति नै मानिसमा पनि लागू हुन्छ । त्यसैले पुरुषहरु यस बारेमा कुरा गरेर आफू उत्तेजित हुने र महिलालाई पनि उक्साउने गर्दछन् । यो प्राकृतिक प्रवृत्ति भएकाले परम्परागत संस्कारका पुरुष पनि यौनका बारेमा केटीहरु भन्दा खुलेर बोल्दछन् भने जतिसुकै आधुनिक पि“ढीका केटीहरुलाई पनि चाहेरै पनि यौनका बारेमा खुलेर कुरा गर्न केटाहरुलाई भन्दा सहज भएको पाइँदैन ।केटाहरुको अनुपातमा केटीहरुलाई धेरै अवसर दिइन्न । केटीहरु लजालु हुनुपर्ने, आज्ञाकारी हुनुपर्ने, धेरै स्वतन्त्रता नहुने तथा धेरै बोल्न नहुने मान्यताबाट परिवारमा सामाजिकीकरण गरिन्छ र यी सबै कुराहरुको विपरीत केटाहरुलाई धेरै अवसर प्रदान गरिन्छ तसर्थ केटाहरु खुला स्वभावका हुन्छन् र कुनै पनि विषयमा खुल्ला बहस गर्न सक्छन् ।
आधुनिक समाजमै पनि केटीहरुलाई बढी अनुशासनमा राख्ने गरिन्छ । विद्यालय, क्याम्पस जाने - आउने समय अभिभावकले नै निर्धारण गरेका हुन्छन् अर्थात् पारिवारिक नियन्त्रणमा केटीहरुलाई राखिन्छ । यी सब कारणले गर्दा आधुनिक पिँढी कै केटीहरु पनि यौनबारे खुलेर कुरा गर्न सक्दैनन् । हाम्रो समाजमा यौन खुल्ला बहसको विषय बनि नसकेको हुनाले पनि यौनबारे कुरा गर्न केटीहरु हिच्किचाउँछन् ।

४७. यौनसम्पर्क एउटा स्वाभाविक प्रक्रिया भए तापनि यसप्रति मानिसहरुको किन नकारात्मक सोच र धारणा छ र यसलाई किन ठुलो कुराको रुपमा लिइन्छ ?

सबै प्रकारको यौनसम्पर्कलाई समाजले नकारात्मक रुपमा लिएको चाहिँ हुँदैन । यौनसम्पर्क एउटा स्वाभाविक प्रक्रिया भए तापनि हाम्रो समाजमा यसलाई नैतिकतासँग गाँसेर हेर्ने गरिएकाले हाम्रो समाजले यौनसम्पर्कलाई स्वाभाविक रुपमा लिन सकेको छैन । सामाजिक मान्यताले यौनलाई अत्यन्तै संवेदनशील विषय मान्दछ अर्थात् जथाभावी यौनसम्पर्क गरेमा, विवाहपूर्व यौनसम्पर्क गरेमा, पर-पुरुष पर-स्त्रीसँग यौनसम्पर्क गरेमा तिनीहरुले गलत काम गरेको ठहर गर्दै नैतिकतामाथि प्रश्नचिन्ह लगाइन्छ । यस्तै मान्यतालाई समाजले हालसम्म पनि अवलम्बन गर्दै आइरहेको छ र फलस्वरुप यौनसम्पर्कलाई ठुलो कुराको रुपमा लिइन्छ । तर बदलिँदो समाजमा बिस्तारै यस्ता कुरालाई सहज रुपमा लिने गर्न थालिएको अवस्था छ ।